काठमाडौँ । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानमा असर परेपछि केही भाग सुकाउने कामले गर्दा ढिलाइ भएको थियो ।
खेल ४० ओभरमा घटाइएको छ । नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।