काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन्। आइतबारको संसद्मा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएपछि उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन्।
सदनमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की भइरहँदा सभामुखले माइक कसैलाई दिएका थिएनन्। त्यसैबीच भएको विषयलाई उल्लेख गर्दै सामाजिक संजालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि...छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’