पूर्वराजा सामान्य मानिस हो, राजावादीले हाम्रो उदारतालाई कमजोरी ठाने : मन्त्री गुरूङ

पूर्वराजा सामान्य मानिस हो, राजावादीले हाम्रो उदारतालाई कमजोरी ठाने : मन्त्री गुरूङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवस्था उल्टाउँछु भन्नेलाई अब सरकारले एक्शन लिने बताएका छ्न्। उनले अहिले आफूहरुको उदारतालाई राजावादीहरुले कमजोरी ठानेको पनि स्विकारे।

आज (शनिबार) पोखरामा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औं साधारण सभामा बोल्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले यस्तो बताएका हुन्। उनले लोकतन्त्रले बोल्न र हिँड्न दिएको अधिकारलाई कमजोरी ठान्ने काम भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामाथि प्रश्न उठाए।

उनले भने,‘पूर्वराजा अहिले सामान्य मानिस हो। उसलाई हिँड्ने, डुल्ने, लागेको कुरा भन्ने अधिकार दिएका छौं हामीले। तर, हामीले दिएको उदारताको कुरालाई उनीहरूले कमजोरी ठाने।’