आगलागी नियन्त्रणका निम्ति गएको हेलिकोप्टर दुर्घटना, चालकको मृत्यु

आगलागी नियन्त्रणका निम्ति गएको हेलिकोप्टर दुर्घटना, चालकको मृत्यु

काठमाडाैँ । बुधबार आगो निभाउने क्रममा हेलिकोप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको हो ।

राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जंगलमा लागेको डढेलो निभाउने क्रममा स्थानीय समयअनुसार दिउँसो करिब १२ः५४ मा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।  

दक्षिण कोरियाको जंगलमा लागेको डढेलोका बुधबार मध्याह्नसम्ममा कम्तीमा १८ जनाको मृत्यु भएको र एकजना बेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।

एजेन्सीका अनुसार गत शुक्रबार दक्षिण ग्योङगसाङ प्रान्तको सान्चेओङ काउन्टीबाट सुरु भएको आगो उइसोङसम्म फैलिएको छ । तीव्र हावाका कारण डढेलो अन्डोङ, चेओङसोङ, येओङयाङ र येओङडुयोकतर्फ अघि बढिरहेको र जंगलको छेउछाउका बस्ती जोखिममा परिरहेका छन् । 

गत शुक्रबारदेखि यस क्षेत्रमा आगलागी नियन्त्रणका लागि दर्जनौँ हेलिकोप्टर तथा हजारौँ अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ भने करिब पाँच हजार सैनिक र १४६ हेलिकोप्टर पठाइएको छ ।