प्रधानमन्त्री कपमा आर्मी क्लबको सातौं जित

प्रधानमन्त्री कपमा आर्मी क्लबको सातौं जित

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सातौं जित हासिल गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनले पराजित गरेको हो । आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रन बनाएर अलआउट भयो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । आर्मीका लागि साहब आलमले ४ विकेट लिए । उनले ९.१ ओभरमा २५ रन खर्चेर २ मेडन पनि फाले । नरेन साउदले २ तथा बसिर अहमद, आकाश चन्द र सोमपाल कामीले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मी ४९.२ ओभरमा २४३ रनमा अलआउट भएको थियो । आर्मीका बसिर अहमदले अर्धशतकीय पारी खेले । उनले १०४ बलमा ६ चौका प्रहार गरे । भीम सार्कीले ४४ रन बनाए ।