काठमाडौं । धार्मिक एवं प्राकृतिक महत्वको कालिञ्चोकको टापुमा हाई अल्टिच्युट एन प्लस कालिञ्चोक फेसन रनवे-२०८१ (सिजन-२) सम्पन्न भएको छ । ब्राइट इभेन्ट म्यानेजमेन्ट दोलखाले आयोजना गरेको एन प्लस कालिञ्चोक फेसन रनवे-२०८१ को मुख्य स्टपरका रूपमा वरिष्ठ अभिनेत्री करिश्मा मानन्धर रहेका प्रोप्राइटर राजन बुढाथोकीले बताए।
तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक टाकुरामा आयोजना भएको यो कार्यक्रम नेपालमै पहिलो रहेको प्रोप्राइटर बुढाथोकीको भनाइ छ। प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर र कालिञ्चोकबाट देखिने हिमशृंखलाहरूको थप पर्यटकीय प्रमोसनका लागि कार्यक्रम आयोजना गरिएको बुढाथोकीले बताए। एन प्लस कालिञ्चोक फेशन रनवे-२०८१ मा ३० जना मोडलले सहभागिता जनाएका थिए।
कार्यक्रममा वरिष्ठ अभिनेत्री करिश्मा मानन्धरसँगै मिस ग्राण्ड पेमा लामगाडे, फोर्थ रनरअप मिस युनिभर्स नेपाल २०२४ तथा बहिरा कलाकार सुजल बम, म्यानहन्ट इन्टरनेसनल–२०१२ सनिश शाक्यलगायतको सहभागिता थियो। ब्राइट इभेन्ट म्यानेजमेन्ट दोलखाले सन् २०१८ मा जिल्लामै पहिलो पटक मिस दोलखाको समेत आयोजना गरेको थियो।