आफ्नो फोटो जलाउनेलाई पक्राउ गर्दा प्रचण्डले जनाए विरोध

आफ्नो फोटो जलाउनेलाई पक्राउ गर्दा प्रचण्डले जनाए विरोध

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रमा बिरोधका विभिन्न रूप हुने भन्दै फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने धारणा राखेका छन्।

राप्रपाका युवा निराजन बम पलाँतालाई प्रहरी आज प्रचण्डको फोटो जलाएको भन्दै पक्राउ गरेको छ। उनलाई चितवनबाट पक्राउ गरी हेटौंडा लगिएको छ । यही सन्दर्भमा प्रचण्डले फोटो जलाउँदैमा पक्राउ गरिनु उचित नभएको प्रतिक्रिया दिएका छन्।