मिस नेपाल २०२० को लागी आवेदन खुल्ला, अडिसन ९ शहरमा

मिस नेपाल २०२० को लागी आवेदन खुल्ला, अडिसन ९ शहरमा

काठमाडौं:सोमबारबाट मिस नेपाल २०२० को लागि आवेदन खुल्ला भएको छ । मिस नेपालको आवोदन मार्च २७ सम्म मिस नेपालको वेबसाइटमा गएर निशुल्क भर्न सकिने छ ।

आयोजक हिडन ट्रेजरले दिएको जानकारी अनुसार १५ मे २०२० सम्म नयाँ मिस नेपाल घोषणा गरिने छ र साथै यस वर्षको लागि भने पुरस्कार राशी बढाएर विजेतालाइ त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार प्रदान गरिने छ ।

मिस नेपाल २०२० को आवेदनको लागाी ५.४ इन्च हाइट र १९ देखि २६ वर्षसम्मको अबिवाहित नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएको युवती हुनुपर्नेछ ।

हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकर को अनुसार मिस नेपालको अडिसन देशको विभिन्न ९ शहर धनगडी, नेपालगंज, बुटवल, पोखरा, चितवन, विरगंज, धरान, विर्तामोड र काठमाडौंमा हुनेछ ।

यस वर्ष मिस नेपाल २०२० मा ४ वटा मात्रै विधा समावेश गरिएको छ । मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेश्नल । मिस युनिभर्स भने यस वर्ष हुनेछैन ।