मालपोतका खरिदार र लेखनदास घुससहित पक्राउ

मालपोतका खरिदार र लेखनदास घुससहित पक्राउ

जनकपुरधााम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदासलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिब्छ महतोलाई अख्तियारको टोलीले बुधबार दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गर्न सफल भएको हो ।अख्तियारका अनुसार सेवाग्राहीको पुरानो पुख्र्यौली जग्गाको ट्रायल चेक तथा नक्सा सुधार गरी नयाँ जग्गा कायम गरिसक्दा पनि उनीहरूले घुस मागेका थिए ।

रकम नदिएको खण्डमा जग्गाको नयाँ पुर्जा नबनाइदिने धम्की दिएपछि सेवाग्राहीले अख्तियारलाई जानकारी गराएका थिए । उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार कार्यालय, बर्दिवासले जनाएको छ ।