ट्रम्पको विदेश नीतिका कारण अमेरिका जाने नेपाली विद्यार्थी अन्योलमा

ट्रम्पको विदेश नीतिका कारण अमेरिका जाने नेपाली विद्यार्थी अन्योलमा

काठमाडौं। अमेरिका सपनाको देश हो। अमेरिका अवैध बाटोबाट दैनिक हजारौं मानिस गइरहेका समाचार सार्वजनिक भइरहन्थे। 

मानिसहरु आफ्नो सम्पूर्ण जायजेथा बेचेर अमेरिका पलायन हुने क्रम बढिरहेका बेला माघ ८मा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले शपथ लिएपछि अहिले सपनाको देश अमेरिका वैध बाटोमार्फत जानेको संख्यामा पनि कमी आउन थालेको छ। 

मुडी स्वभावका ट्रम्पले दिएको विदेश नीति र कर वृद्धिको योजनापछि आगामी चार वर्षसम्म अमेरिकी सरकारको नीतिमा ‘जे पनि हुन सक्ने’ भन्दै अमेरिका वैध बाटोबाट जानेको संख्यामा पनि कमी आउन थालेको छ।

केही दिन अगाडि नेपाल राष्ट्र बैंकले जारी गरको एक तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेको देखिएको छ। पछिल्लो सात महिनामा मात्रै विदेश उच्च शिक्षा हासिल गर्न जानेले ६४ अर्ब १५ करोड रुपैयाँ विदेश लगेको राष्ट्र बैंकले जनाएको छ।

नेपाली विद्यार्थीको पहिलो रोजाइ अमेरिका हुँदै आएकोमा राष्ट्रपतिमा ट्रम्पको पुनरागमनसँगै अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा कमी आउन थालेको हो। राजधानीका विभिन्न कन्सल्टेन्सीमार्फत अमेरिका प्रोसेस गरिरहेका विद्यार्थीका अभिभाव स्वंय यतिबेला अमेरिका जाने प्रोसेसलाई रोक्न पुग्ने गरेका छन्। चार वर्षसम्म अमेरिकामा ट्रम्पको शासन चल्ने र यो बेला अमेरिकामा करियर बनाउनेका लागि उपयुक्त नदिएको उनीहरुको तर्क छ।

‘ट्रम्प प्रशासनका कडाइले विद्यार्थी र अभिभावक अलि डराएको देखिन्छ। तर, विद्यार्थी सम्बन्धी नीतिमा कुनै परिवर्तन नभएका कारण डराउनुपर्ने कुनै कारण छैन, ’ एक कन्सल्सेन्टी संचालकले भने।

अमेरिकामा गैरकानुनी रुपमा बसेका नेपालीलाईसमेत ट्रम्प प्रशासनले फिर्ता पठाएपछि त्यसको डर अमेरिका जान विद्यार्थीमा समेत देखिएको छ। अहिले अमेरिका जाने तयारीमा रहेका विद्यार्थीले अन्य मुलुकमा विद्यार्थी भिसाको लागि आवेदन दिन थालेका छन्। 

अमेरिकामा अध्ययनका लागि विद्यार्थीले हप्तामा २० घण्टा काम र्न पाउँछन्। त्यो भन्दा धेरै काम गर्न कानुनी रुपमा मिल्दैन। तर अमेरिका जाने विद्यार्थीले काम पाएका अवस्थामा कानुनले ताकेको भन्दा धेरै काम गर्छन्।  

यदि तोकिएको भन्दा बढी काम गर्दा पक्राउ परे नेपाल फिर्ता हुनुपर्ने भय उनीहरुमा देखिन्छ। जसका कारण अहिले अमेरिका जाने तयारीमा रहेका विद्यार्थी पर्ख र हेरको अवस्थामा छन्।
कतिपय विद्यार्थीले त अमेरिकाको प्रोसेस रद्द गरेर अन्य मुलुकका लागि प्रोसेस समेत चालेका छन्। 

‘अहिले ट्रम्पको नीतिका कारण अमेरिका जाने विद्यार्थी र पठाउने अभिभावक पर्ख र हेरको अवस्थामा हुनुहुन्छ,’ एक सन्सल्टेन्सी संचालकले भने।