अमेरिकाले ३ अर्ब अमेरिकी डलर भारतसँग रक्षा सम्झौता गर्ने

अमेरिकाले ३ अर्ब अमेरिकी डलर भारतसँग रक्षा सम्झौता गर्ने

काठमाडौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग तीन अर्ब अमेरिकी डलरबराबरको रक्षा सम्झौता गर्ने जनाएका छन्।

सोमबार गुजरातको अहमदाबादस्थित मोटेरा क्रिकेट स्टेडियममा ‘नमस्ते ट्रम्प’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले मङ्गलबार उक्त सम्झौता गर्ने जनाएका छन्।

दुवै देश मिलेर इस्लामी आतङ्कवादविरुद्ध लड्ने जनाउँदै यसका लागि विश्वभर सञ्जाल विस्तार गर्ने ट्रम्पले जनाएका छन्। रक्षासम्बन्धी सहकार्यका लागि अमेरिकाले भारतलाई पृथ्वीकै सबैभन्दा खतरनाकमध्येका हातहतियार उपलब्ध गराउने पनि जनाएका छन्।

भारतमा आउनु सौभाग्यको कुरा भएको जनाउँदै उनले अमेरिका भारतप्रति सधैँ बफादार रहने पनि जनाएका छन्।