दक्षिण अफ्रिकाबाट गुन्डा नाइके रवि पुजारी पक्राउ

दक्षिण अफ्रिकाबाट गुन्डा नाइके रवि पुजारी पक्राउ

नयाँदिल्ली : विगत १५ वर्षदेखि भारतीय प्रहरीको खोजीको सूचीमा रहेका ग्याङस्टर ९गुन्डाका नाइके० रवि पुजारी दक्षिण अफ्रिकाबाट पक्राउ परेका छन् ।

५२ वर्षीय पुजारीलाई भारतीय अधिकारीको एक टिमले भारत ल्याइरहेको छ । उक्त टिममा कर्नाटकका एक वरिष्ठ आईपीएस अधिकारी पनि सहभागी छन् । प्रहरीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले पक्राउ परेका पुजारीलाई सेनेगलबाट फ्रान्स भएर भारत ल्याउन लागिएको समाचार भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन् ।

पुजारी विदेशबाट आप्mनो धन्दा सञ्चालन गर्दै आएका थिए । अन्डरवर्ल्ड डन छोटा सकिलसँग अलग भएपछि उनी गत वर्ष सेनेगलमा जमानतमा रिहा भएसँगै दक्षिण अफ्रिका भागेका थिए । उनी त्यहाँ ड्रग तस्करी र असुलीमा संलग्‍न थिए ।

भारतीय विदेशी गुप्तचर एजेन्सीको सूचनाका आधारमा सेनेगल प्रहरी गत साता दक्षिण अफ्रिका पुगेको थियो । हत्या, असुलीसमेत झन्डै दुई सयवटा जघन्य घटनामा मुछिएका पुजारीलाई दक्षिण अफ्रिकी एजेन्सीहरूको सहायतामा हिरासतमा लिइएको हो ।