गायक प्रेम परियार ‘पर्खी बसे फर्की आउँछु’मा हिरो र गायक दुवै

गायक प्रेम परियार ‘पर्खी बसे फर्की आउँछु’मा हिरो र गायक दुवै

काठमाडौं: प्रेम परियार अब गायक मात्र नभएर नेपाली चलचित्रको अभिनेता पनि बनिसकेका छन्।

‘नाई नभन्नु ल २’को ‘यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ’, ‘मर्ने कसैलाई रहर हुँदैन’बोलको गीतबाट सुपरिचित प्रेमले ‘पर्खी बसे फर्की आउँछु’मा अभिनेताका रुपमा काम गरेका छन्।

यो चलचित्रको हालै शीर्ष गीत रेकर्डिङ गरेको छ। सुन्दर पन्तको शब्द, बसन्त सापकोटाको संगीतमा प्रेम परियार र सबनम आचार्यले गीतमा आवाज दिएका छन्।

राज बहादुर सानेको निर्देशनमा बनेको ‘पर्खी बसे फर्की आउँछु’मा प्रेमका साथमा समीक्षा बस्नेतको अभिनय हुनेछ र चलचित्रले अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा बोल्नेछ।