नेपाली कार्यरत कोरियाको थेगु सहरमा कोरोनाको उच्च जोखिम

नेपाली कार्यरत कोरियाको थेगु सहरमा कोरोनाको उच्च जोखिम

काठमाडौं : दक्षिण कोरियामा कोरोनाभाइरसको नयाँ संक्रमण दोब्बरले बढेको छ ।

दक्षिण कोरियामा अहिलेसम्म ४३३ जना कोरोनाभाइरसका संक्रमित देखिएका छन् । शनिबार मात्रै २२९ जनामा यो संक्रमण देखिएको छ । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ से क्युनले कोरोनाभाइरसको संक्रमण चिन्ताजनक भएको बताएका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म दुईजनाको मृत्यु भइसकेको छ । त्यहाँ कोरोना भाइरसको संक्रमणबाट स्थानीय अत्यन्त्र त्रासमा रहेको बताइउको छ ।

चीनमा कोरोना भाइरसले २४४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजार बढी संक्रमित छन् । कोरियाको थेगु सहरमा कोरोनाको संक्रमण बढी देखिएको छ । जहाँ कम्तिमा पनि सातहजार नेपाली कार्यरत छन् ।