स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ।


स्वास्थ्य सचिवका लागि डा. संगीता कौशल मिश्र, डा.टंक बाराकोटी र डा.विकास देवकोटाको नाम सिफारिस भएको हो। सोमबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सचिवमा ३ जनाको नाम सिफारिस गरेको हो ।

नेपाल स्वास्थ्य सेवा ऐनमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ।

बढुवा समितिले डा. संगीता, डा. टंक र डा. विकासलाई सचिव बढुवाका लागि सिफारिस गरेपछि मन्त्रिपरिषद्ले उनीहरूमध्ये १ जनालाई स्वास्थ्य सचिवमा बढुवा गर्नेछ।