न्हुँ पोखरी संरक्षण गर्न ललितपुर महानगरले वडा कार्यालयमाथि नै चलायो डोजर

न्हुँ पोखरी संरक्षण गर्न ललितपुर महानगरले वडा कार्यालयमाथि नै चलायो डोजर

काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलको संरचनामा डोजर चलाएको छ। सोमबार बिहान महानगरले ५ नम्बर वडा कार्यालय रहेको भवनसहितका १६ वटा सटरहरूमा डोजर चलाएको हो।

अनधिकृत संरचना भत्काउँदा महानगरले धुलो नउडोस् भनेर संगै पानी पनि प्रयोग गरेको छ।  डोजर चलाउँदा महानगर प्रमुख चिरिबाबु महर्जन पनि उपस्थित भएका छन्।

महानगर प्रहरी बलका अनुसार लगनखेलमा रहेको पोखरीलाई बाहिरबाटै देखिने गरी संरचना बनाउन लागिएको हो। वडा कार्यालय र १६ वटा सटर हुँदा पोखरी छेकिने गरेको थियो। अब त्यसैलाई सडकपेटीबाटै देखिने गरी बार लगाउन लागिएको हो। त्यहाँको भवन भत्काउने भएपछि वडा कार्यालय एक महिना अघि नै महालक्ष्मीस्थान स्थित एक भवनमा सरिसकेको छ।