काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको विरोधी नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने त्यसको निरन्तर विरोध गरिरहने बताए।
'नेपालमा राजालाई कुनै कुनै स्पेश दिनुपर्छ । राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्ने अर्थमा यहाँ कुरा राखियो। तपाईंले गणतन्त्र लडेर ल्याइएको होस् अथवा विदेशीको बुइँ चढेर ल्याइएको होस्। त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी त्यसको निरन्तररुपमा विरोध गरिरहन्छौं,'उनले भने।
उनले पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङलिङ क्षेत्र अशान्त रहेको भन्दै राजनीतिक दलले अन्देखा गरिरहेको र व्यापारिक स्वार्थका लागि भाइ–भाइ लडाउने काम भएको आरोप लगाए।
उनले पाथीभरामा केबलकार निर्माणलाई रोक्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।