कोरियामा कोरोना भाइरसका संक्रमितहरू बढ्दै

कोरियामा कोरोना भाइरसका संक्रमितहरू बढ्दै

एजेन्सी : दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरू बढ्ने क्रममा रहेको छ । हिजो एकै दिनमा कोरोना भाइरसका संक्रमितहरूमा एका एक बिद्धि भएको छ । दक्षिण कोरियाली अधिकारीहरूले जनाए अनुसार शनिबार मात्र २२९ जनामा संक्रमण फेला परेको थियो । शुक्रवारदेखि आज संम ४३३ जना कोरोना भाइरसबाट संक्रमित भईसकेका छन् । अहिले संम चीनमा कोभिड १९ बाट मृत्यृ हुनेको संख्या २ हजार ३ सय ४५ पुगिसकेको छ भने भाइरसबाट संक्रमित हुनेको संख्या ७६ हजार २ सय ८८ पुगेको पुष्टि भएको छ ।

उप स्वास्थ्य मन्त्री किम गङ लिप अनुसार कोरोना भाइरस अहिले दक्षिण कोरियाको लागी गम्भीर समस्या भएको बताएकी छन् । दक्षिण कोरियामा अहिले सम्म दुई बिरामीको मृत्यु भइसकेको छ र यो संख्या बढ्ने डर छ। चिकित्सा अधिकारीहरूले बताए अनुसाार शनिबार १४२ नयाँ केसको घोषणा गरिएकोमा त्यसको केहि घण्टामै तो संख्या ८७ जनाले बढेर २२९ पुगेको थियो। कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९केसीडीसी० ले एक विज्ञप्ति जारी गर्दै भन्यो २२९ जना संक्रमित मध्य ९५ जना चेओन्दोको देनम अस्पतालमा सम्बन्धित रहेका थिए। अस्पतालमा अहिले ११४ जनामा संक्रमित पुष्टी भईसकेको छ । जसमा नौ कर्मचारी र १०२ बिरामीहरू रहेका छन् ।