काठमाडौंका यी ७ सडक आजदेखि एकतर्फी

काठमाडौंका यी ७ सडक आजदेखि एकतर्फी

काठमाडौं । काठमाडौंका विभिन्न सात ठाउँका सडकहरूलाई बुधबारदेखि एकतर्फी (वान–वे) बनाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सात स्थानका सडकलाई एकतर्फी बनाएको हो । 

यातायात आवगमनलाई सहज बनाउन वानवे बनाइएको ट्राफिकले जनाएको छ ।

वान-वे बनाइएका सडकहरु

  • काठमाडौँ महानगरपालिका वडा नं.५ अन्तर्गत थटु मार्गबाट वडा नं.५ को कार्यालय -भीमसेन मार्ग -हात्ती महाँकाल मार्ग-हाँडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
  • विशालनगर तर्फबाट आउने सवारी साधनहरुलाई भिमसेन मार्ग हुँदै वडा नं.५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ति महाँकालतर्फ मात्र जान पाउने ।
  • हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी उक्त सवारी साधनहरु थटु मार्गतर्फबाट पठाउने ।
  • नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरु वडा नं।५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भिमसेन मार्गतर्फ मात्र जान पाउने ।
  • ढुङ्गेधाराबाट हात्ती महाँकालतर्फ प्रवेश निषेध गर्ने ।
  • वडा नं.५ को कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध गर्ने ।
  • बालमन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट जान मात्र पाउने र टंगालबाट प्रवेश निषेध गर्ने ।