काठमाडौं:शुक्रबारबाट रिलिज भएको चलचित्र ‘सेन्टी भइरस’ले पहिलो दिनमै १ करोड भन्दा बढिको व्यापार गरेको छ । निर्माण पक्षका अनुसार चलचित्रले भ्याली भित्रनै ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको छ ।
धुर्मुस-सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ ।
निर्माण पक्षका अनुसार चलचित्रलाई दर्शकले धेरैनै माया गरिदिएका छन् ।