राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ ।

७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस(एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ ।

सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।