काठमाडौँ । अन्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्र रामको जोडीलाई गृहमन्त्री रमेश लेखककै निर्देशनमा दमन भइरहेको विरोधमा दलित अधिरकार्मीहरू शुक्रबार सानेपास्थित नेपाली कांग्रेसको कार्यालय घेर्न पुगेका छन्।
दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको दलितका लागि दलित अभियानको संयोजनमा दलित अधिकारकर्मीहरू गृहमन्त्री लेखकको पार्टी कांग्रेसको मुख्यालय घेराउ गर्न पुगेका हुन्।
दलितका लागि दलित अभियानका संयोजक सुनार प्रतीकात्मक हतकडी लगाएर कांग्रेस कार्यालय पुगेका थिए। त्यस क्रममा उनले गृहमन्त्री लेखकलाई कारबाही माग गर्दै पार्टी कार्यालयमा चेतावनी पत्र बुझाएका छन्।