दिल्ली विधानसभाको चुनाव सुरु

दिल्ली विधानसभाको चुनाव सुरु

दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ। दिल्लीका ७० विधानसभा सिटका लागि निर्वाचन भइरहेको हो। मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।

यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्। दिल्लीको चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ। आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो।

२०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो। निर्वाचनमा ६९९ उम्मेदवार छन् । उनीहरुको भाग्य परीक्षा एक करोड ५६ लाख मतदाताको हातमा छ । दिल्लीमा १८ प्रतिशत स्वीङ भोटर्स रहेका र उनीहरु नै जितका लागि निर्णायक हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिल्लीको सत्ता लगातार तेस्रो पटक हात पार्ने दाउँमा आम आदमी पार्टी (आप) छ । आपलाई रोक्ने प्रयासमा भाजपा र कांग्रेस लगायत दल छन् ।

लगातार तीन वर्ष केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपा दिल्ली प्रदेशको सरकारमा भने २५ वर्षदेखि बाहिर छ । आम आदमी पार्टी सरकारको नेतृत्वमा आउनुअघि कांग्रेसले १५ वर्षसम्म दिल्लीको सत्ता चलाएको थियो । तर विगतका दुई निर्वाचनमा कांग्रेसले एक सिट पनि जित्न सकेको छैन ।