काठमाडौं। अब नेपाल टेलिकमको ई-सिम अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ। मंगलबार २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यो नयाँ सेवा सार्वजनिक गरेको हो ।
यसअघि ई-सिम लिन ग्राहकहरू भौतिक रूपमा काउन्टरमै जानुपर्ने बाध्यता थियो। अबदेखि नेपाल टेलिकमको एप र वेबसाइटमार्फत यो सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
योसँगै ग्राहकले घरमै बसेर ई-सिमको लागि आवेदन दिन र सक्रिय बनाउन सक्ने छन् ।