त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ

काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ कि ५८ वर्षीया मैयाँ तामाङ गुरुङ छिन् । उनलाई सोमबार दिउँसो विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनीबाट सुनको रिङ १६ थान, टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।