काठमाडौं । केबलकार खारेजी सङ्घर्ष समिति, मुक्कुम्लुङ संरक्षण समितिलगायतले आह्वान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजिवन प्रभावित भएको छ ।
बन्द आह्वान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच झापाको दमकमा झडप भएको थियो । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वका जिल्लाका राजमार्गमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । विभिन्न माग राख्दै सङ्घर्ष समितिले माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको हो ।