विराटनगबाट १८ वटा मानव कंकाल खप्पर र नलीखुट्टासहित एक जना पक्राउ

विराटनगबाट १८ वटा मानव कंकाल खप्पर र नलीखुट्टासहित एक जना पक्राउ

विराटनगर । विराटनगरको रानीबाट मानव खप्पर र नलीखुट्टासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।  

बिहान भारतबाट नेपालतर्फ ल्याउदै गरेको अबस्थामा रानीस्थित २ नम्बर ढाटबाट १८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टा सहित एकजनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका ब्यक्ति भरतबाट नेपालतर्फ आउने क्रममा रिक्सामा खानतलासी गर्दा ठूलो परिमाणमा कंकाल खप्पर र नली खुट्टा बरामद गरेको शसस्त्र प्रहरी ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ। 


पक्राउ परेका ब्यक्तिले ती कंकालहरू के प्रयोजनका लागि कहाँ लगेका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।