महाकुम्भ मेलाकी मोनालिसालाई फिल्मको अफर

महाकुम्भ मेलाकी मोनालिसालाई फिल्मको अफर

काठमाडौं। भारतमा चलिरहेको महाकुम्भ मेलामा इन्दौरकी एक माला बेच्ने महिला आफ्नो सुन्दरताका कारण भाइरल भएकी छन्। मोनालिसा नाम उल्लेख गरिएकी युवती भारतको मध्य प्रदेशको इन्दौरकी हुन्।

सामाजिक सञ्जालमा उनको तुलना मोनालिसासँग भइरहेको छ। मोनालिसा भाइरल हुनुको कारण उनको सुन्दर आँखा हो, जसले मानिसहरूको ध्यान आकर्षित गरिरहेको छ। उनले महाकुम्भ मेलामा सबै रुद्राक्ष र क्रिस्टल माला बेच्ने काम गर्छिन्। तर उनी अहिले आफ्नो घर इन्दौर फर्किसकेकी छन्।

भाइरल भएपछि फोटो खिच्न र अन्तर्वार्ता लिन दिनभर युट्युबर लगायतको भिड लागेपछि उनी त्यहाँबाट फर्किएकी हुन्। दैनिक भास्करसँगको कुराकानीमा उनले भाइरल भएपछि आफ्नो व्यपार चौपट भएको र भाडा समेत अरुलाई मागेर फर्किएको बताइन्। महाकुम्भमा मोनालिसा बसेको टेन्टमा समेत मानिसहरु प्रवेश गरेपछि अवस्था तनाव ग्रस्त समेत बनेको थियो।

मोनालिसा भाइरल भएपछि मानिसहरु उनको नाम, परिवार, पारिवारिक पृष्ठभूमि, जीवन आदि बारे जान्न उत्सुक छन्। उनी यति भाइरल भएकी छिन् कि अहिले उनलाई सिधै फिल्मको अफर समेत आएको छ।

चलचित्र निर्माता सनोज मिश्रले आफ्नो आगामी चलचित्र द डायरी अफ मणिपुरमा मुख्य अभिनेत्रीको रुपमा काम गर्न उनलाई प्रस्ताव समेत गरेका छन्। मोनालिसा र उनको परिवारले यो फिल्म गर्न राजी भएका छन्। महाकुम्भ मेलामा रातरात भाइरल भइकी मोनालिसाको जिवन पनि अव परिपवर्तन हुने धेरैले अनुमान गरेका छन्।