चीनमा कोरोना भाइरसबाट २ हजारभन्दा बढीको मृत्यु

चीनमा कोरोना भाइरसबाट २ हजारभन्दा बढीको मृत्यु

काठमाडौं : चीनमा कोभिड -१९ (कोरोना भाइरस)बाट दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधबार बिहानसम्म दुई हजार १२ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनको मुख्यभूमि बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एकरएक जनाको मृत्यु भएको हो । कोरोनाबाट गम्भीर संक्रमित मध्ये १२ प्रतिशतको मृत्यु भएको छ भने ८८ प्रतिशतले भने स्वास्थ्य लाभ गरेका छन् ।

चीनको वुहानबाट फैलिएको यो भाइरसबाट १६ हजार ७३१ जना गम्भीर संक्रमणमा परेका थिए ।सबै देशमा गरेर अहिलेसम्म ७५ हजार २१६ मा कोरोनाको संकेत देखा परेको छ । जसमध्ये करिब १५ हजार निको भइसकेका छन् ।