अछाममा जंगलमा गाईबस्तु चराउन गएका दुई किशोरी मृत भेटिए

अछाममा जंगलमा गाईबस्तु चराउन गएका दुई किशोरी मृत भेटिए

काठमाडौँ । अछाममा दुई किशोरी मृत फेला परेका छन्। ढकारी गाउँपालिका–१ को जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी ​मृत भेटिएका हुन् ।

ढकारी गाउँपालिका– ८ का कमल खड्काकी छोरी १४ वर्षीया  ईश्वरा खड्का र उदयराम खड्काकी छोरी १४ वर्षीया सरस्वती खड्का शनिबार बेलुकी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

दुवै किशोरी शुक्रबार ढकार– १ मा पर्ने छिन्ने ओडार जंगलमा गाईबस्तु चराउन गएका थिए। दुवैजना साँझ नफर्किएपछि परिवार र आफन्तले खोजी गरेका थिए। यसक्रममा शनिबार साँझ साढे ६ बजेतिर जंगलमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।

अनुसन्धानका लागि अहिले प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोली घटनास्थलतर्फ गएको देउवाले बताए।

छुटाउनुभयो कि ?