अस्ट्रेलियाको आकाशमा उडिरहेका दुई बिमान ठोक्किदा चार जनाको मृत्यु

अस्ट्रेलियाको आकाशमा उडिरहेका दुई बिमान  ठोक्किदा चार जनाको मृत्यु

काठमाडौ : अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किदा बिमानमा सवार चारै जनाको मृत्यु भएको छ ।

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् ।रासस