क्यानडाको अन्टरियोमा २१ वर्षीया नेपाली युवतीमाथि के भएको थियो? खुलासा

क्यानडाको अन्टरियोमा २१ वर्षीया नेपाली युवतीमाथि के भएको थियो?  खुलासा

काठमाडौं। यस्तो खबर सुनाउनु पर्दा आङ नै जिरिङ भएको छ। आखिर क्यानडाको अन्टरियोमा २१ वर्षीया चेलीमाथि के भएको थियो? केही दिनदेखि सामाजिक सञ्जालमा यो घटनाका विषयमा धेरैथरीका कुराहरु आइरहेका छन्।

पीडित नेपाली युवतीले भनिन्,  ‘दुई लाखदेखि दुई करोड दिन्छु केश फिर्ता लिनु पनि भनेको छ। मेरो जीवन बर्बाद भएको छ, न मेरो  शरीरले काम गरेको छ न दिमागले काम गरेको छ। बाटोमा हिँड्दा पनि मलाइ गाडीले हानेर मारिदिने हो कि भन्ने डर छ अहिले।’

अदालतका कागज अनुसार डिसेम्बर १४ तारिक २०२४ मा क्यानडाको अन्टारियोमा यो घटना भएको थियो। सो ठाउँमा बस्ने तीन जना नेपाली युवाले युवतीलाई घरमा बोलाएका थिए। तीन जना युवक २२, २५  र २८ वर्षका रहेका छन्। ती तीन जनामध्ये दुई जनाले अघिल्लो भाइटीकामा टीकासमेत लगाएका थिए।

उनी युवकहरु बसेको ठाउँमा पुगेपछि खानेकुरामा केही नशालु पदार्थ दिएर बेहोस बनाएको र आफूमाथि करणी गरेको पीडित युवतीले बताएकी छन्। होस खुलेपछि आफू नांगै अवस्थामा रहेको र नजिकै रहेका युवकले भिडियोसमेत बनाएर आफूलाई देखाएको उनको भनाइ छ।

त्यसपछि पीडित युवतीले त्यहीँबाट प्रहरीलाई फोन गरेको र त्यसपछि प्रहरीले तीनै जना युवालाई नियन्त्रणमा लिएको छ। उनीहरुमाथि भिडियो बनाएको र अश्लिल फोटो खिचेर वितरण गरेकोे अभियोगमा उनीहरुमाथि मुद्दा दर्ता भएको छ। जनवरी तीन तारिकमा स्थानीय अदालतमा पहिलो सुनुवाई थियो।

सो सुनुवाईमा २८ वर्षीय युवालाई हिरासतमा राखिएको छ भने अन्य दुई जनालाई कडा मापदण्ड राखेर धरौतीमा रिहा गरिएको छ।

नेपाल ट्यूबबाट