काठमाडौं आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा अन्तर्गत स्कटल्यान्डसँग भएको खेलमा नेपाल पराजित भएको छ।
समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो। स्कटल्यान्ड जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो।