कैलाली : धनगढीमा आमरण अनशन बसेका थरुहटर थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित रेशम चौधरीसहित ११ जना कैदीबन्दीहरुको रिहाइलगायतको माग राख्दै फागुन १ गतेदेखि अनशन बसेका थारुको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
रिँगटा लागेपछि अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डाक्टर निराजनदत्त शर्माले जानकारी दिए ।शर्माले अनसन बसेको दोस्रो दिन नै स्वास्थ्यमा समस्या आएको बताउँदै थारुलाई अस्पताल भर्ना हुन सुझाव दिएका थिए । तर, उनले मानेका थिएनन् ।
‘शुक्रबारको तुलनामा शनिबार उहाँको शरीरमा सुख्खापन देखिएको थियो । मुटुको धडकनमा पनि अलिकति चढाब आएको थियो,’ डाक्टर पौडेलले भने, ‘हाम्रो टोलीले उहाँलाई अस्पताल भर्नाको लागि सल्लाह दिएको थियो । तर उहाँले मान्नु भएन ।’
समस्या जटिल भएपछि अस्पतालकै एम्बुलेन्समा उनलाई अस्पतालसम्म ल्याइएको डा। शर्माले बताए । सुरुदेखि नै डाक्टर शर्मा नेतृत्वको विशेषज्ञ टोलीले उनको स्वास्थ्य परीक्षण गर्दै आइरहेको थियो ।
अहिले पनि थारु स्वस्थ्य नरहेको उनी बताउँछन् । ‘मुटु, आन्द्रा र नसा सम्बन्धी रिर्पोट आउन बाँकी छ । तर, उनलाई अहिले नै अस्पतालबाट पठाउन भने मिल्दैन,’ उनले भने । थारुको पिसाबमा पनि समस्या देखिएको उनले बताए ।