काठमाडौं। सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मङ्गलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ती अध्यादेशहरू जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार स्वीकृतिका लागि पठाइएका अध्यादेशहरूमा:
-
प्रेस काउन्सिल नेपाल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश
-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश
प्रवक्ता पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सम्बन्धित क्षेत्रका ऐनहरूलाई समयसापेक्ष परिमार्जन र सुदृढ बनाउन अध्यादेश जारी गर्न सिफारिस गरिएको स्पष्ट पारेका छन्।