काठमाडौं : नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। राजदूतको जिम्मेवारी सम्हाल्न दलेला मंगलबार अपरान्ह काठमाडौं आइपुगेका हुन्। उनलाई नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
तत्कालीन राजदूत नवीन श्रीवास्तवले अनिवार्य अवकाश पाएपछि भारतीय विदेश मन्त्रालयले दलेलालाई नेपालको नयाँ राजदूतका रुपमा नियुक्त गरेको हो। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी भइरहेका बेला उनी काठमाडौं आएका हुन्।
प्रधानमन्त्रीकै भारत भ्रमणको तयारीका लागि बुधबार भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदैछन्। मंसिर पहिलो साता प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहे पनि दुवै पक्षले मिति सार्वजनिक गरेका छैनन्।
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहलगायत परराष्ट्रमन्त्री र उच्च अधिकारीहरूसँग भेट गरेपछि भारत भ्रमणको मिति तय हुने स्रोत बताएको छ।