काठमाडौं : बलात्कार अभियोगमा थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई संसद जाने बाटो खुलेको छ । सभामुख अग्नि सापकोटाले महरा थुनामुक्त भएको जानकारी प्रतिनिधि सभा बैठकमा गराएसँगै उनलाई संसद बैठकमा सहभागि हुने बाटो खुलेको हो ।
संसद सचिवालयमै कार्यरत एक कर्मचारीको बलात्कार अभियोगमा महराले १ सय ३ दिन थुनामा परेका थिए। उनले अभियोगपछि सभामुख पदबाट राजीनामा दिएका थिए । तर सांसद पदबाट राजीनामा दिएका थिएनन्।
उनी दाङबाट निर्वा्चित नेकपाका सांसद हुन्। महराको निलम्बन हटेसँगै उनी अब संसद बैठकमा सहभागि हुन पाउनेछन्। महराले पूर्व सभामुखको हैसियतमा प्रतिनिधि सभाको पहिलो लहरमा सिट पाउनेछन्।