काठमाडौं : जवरजस्ती करणी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराइएको छ। मंगलबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख अग्नि सापकोटाले दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा अदालतबाट सफाइ पाएर सोमबारै डिल्ली बजार कारागारबाट रिहा भएको जानकारी गराएका हुन्।
महराबारे अदालतको फैसलाको जानकारी संसदलाई गराइएसँगै अब उनले प्रतिनिधिसभाको बैठकमा भाग लिन पाउनेछन्। उनी प्रतिनिधिसभाको पहिलो लाइनकै कुर्सीमा बस्नेछन्। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले महरालाई अदालतले सफाइ दिएको पत्र प्राप्त भएको जानकारी दिए। उनी ९महरा० लाई सफाइ दिएको पत्र संसद सचिवालयमा दर्ता भएको छु, पाण्डेले भने, अब उहाँ संसद बैठकमा सहभागी हुने बाटो खुलेको छ।
महरालाई काठमाडौं जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा सफाइ दिइएको पत्र पठाइएको थियो। उक्त पत्रसहित आफूले सफाइ पाएको जानकारी महराले संसद सचिवालयलाई दिएका थिए।अदालतको फैसलाबाट निर्दोष सावित भएसँगै महराले सांसदका रुपमा १३४ दिन हिरासत र जेलमा बस्दाको समयको सेवा सुविधा पनि पाउने छन्। गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेर पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनर्स्थापित भएको छ।
संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वतस् निलम्बित थिए। बलात्कार प्रयास अभियोग लागेसँगै महराले सभामुख पदबाट भने राजीनामा दिएका थिए। तीन वर्षभन्दा बढी सजाय तोकिने फौजदारी मुद्दा चलेपछि स्वतस् निलम्बित उनको सांसद पद र सेवासुविधा पनि फुकुवा हुनेछ।
अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा पुनस् संसदमा प्रवेश गर्न पाउनेछन्। महराविरुद्ध जवरजस्ती करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्षसहित साढे ७ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।