गगनको ब्यंग्य : चोरीको सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू

गगनको ब्यंग्य : चोरीको सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू

काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रतिनिधि सभा बैठकमा बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै स्वस्थानी व्रत कथा सुनाएका छन् । आजको बैठकको शुन्य समयमा बोल्दै नेता थापाले अख्तियारले सत्तारुढ दल नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा ब्यंग्य गरेका हुन् ।

उनले भने “कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि, अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन् । इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय धन्यवाद ।”