रौतहट : रौतहट जिल्लाको मौलापुर नगरपालिकाको पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हुने मधानी महायज्ञमा विशेष पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट आउने भएकी छिन। भ्रमण वर्ष २०२० लाई लक्षित गरी मौलापुर नगरपालिका वाड नं.५ पतौरामा रहेको मन्दिर प्राङ्गणमा हुने महायज्ञमा राष्ट्रपति भण्डारीले आज विशेष पुजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
महायज्ञ स्थल, मुल समारोह, पुजा, मन्दिरलगायतको क्षेत्रमा तयारी पुरा भएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी दिएकी छिन। महायज्ञमा राष्ट्रपति भण्डारीले विशेष पुजा गर्ने तथा पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोच्चारण गराई विशेष पुजा गर्ने कार्यक्रम रहेको नगर प्रमुख साहले बताइन्।
स्थानीय प्रशासन, सुरक्षा निकाय, आयोजकलगायतले निरन्तर सक्रियतापूर्वक राष्ट्रपति भण्डारीको स्वागतको तयारी गरिएको छ। पर्यटन प्रवर्द्धन गर्न तथा भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना भएको महायज्ञमा यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले भगवान शिवको विशेष पुजा अनुष्ठानको आयोजना गरेको पुर्व मन्त्री तथा संघिय संसद प्रभु साहले जानकारी दिएका छन।
मेधानी महायज्ञको महत्व र पुरातात्विक महादेव मन्दिरको प्रचार प्रसार गर्ने लक्ष्यको साथ महायज्ञ आयोजना गरेको पुर्वमन्त्री साहले जानकारी दिए। महायज्ञमा नेपाल तथा भारतका गरी हजारौ पर्यटकले अबलोकन गर्ने बिश्वास आयोजकले लिएको छ। मौलापुर नगरपालिकाको पतौरा गाउमा फेलापरेको ११औं सताब्दी कर्नाटकालिन युुगमा निर्माण भएको शिव मन्दिरको पुुननिर्माण समेत भइरहेको छ।
नेपाल सरकारद्धारा स्विचिकृत उक्त शिव मन्दिर सरकार र तत्कालिन माओबादी द्धन्दकालिन अवस्थामा एकजना स्थानियले खेतमा खाल्डो खन्दा फेला परेको थियो। संघिय सांसद प्रभुु साहको बिषेश पहलमा उक्त मन्दिरको पर्खालको रुपमा प्रयोग गरीएको एतिहाँसिक ईँटाको पुुरातत्व बिभागमा जाँच हुँदा ११ औं शताब्दीमा निर्माण भएको प्रारम्भिक अनुमान गरीएको छ।