सार्वजनिक यातायातको भाडा बढ्यो

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं। सरकारले  सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ।  यातायात व्यवस्था विभागका अनुसार आजै (२२ पुस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो।

यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ।

यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाइ छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो।