स्वर्णलक्ष्मी सहकारी ठगीमा एमाले नेता पनि मुछिए, पालिका उपाध्यक्ष फरार सूचीमा

स्वर्णलक्ष्मी सहकारी ठगीमा एमाले नेता पनि मुछिए, पालिका उपाध्यक्ष फरार सूचीमा

काठमाडौं। नेकपा (एमाले) बाट निर्वाचित गाउँपालिका उपाध्यक्ष राजु बराल सहकारी ठगी प्रकरणमा मुछिएका छन्। सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष बराल काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन्।


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बराललाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । बराल स्वर्णलक्ष्मी सहकारीको कर्जा उप–समितिको सदस्य थिए ।

काठमाडौं जिल्ला अदालतमा दायर गरिएको सो मुद्दामा बरालसँगै रवि लामिछाने, जिबी राई, छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।