काठमाडौं। अमेरिकामा यस वर्षको हिउँदमा एक दशकयताकै भीषण हिम आँधी आउने पूर्वानुमान गरिएको छ। दशौं लाख अमेरिकीहरुलाई भीषण हिम आँधीको सामना गर्न तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
यसपटकको हिउँदमा भारी हिमपात र सबैभन्दा चिसो तापक्रम हुने बताइएको छ। अमेरिकाको मध्य भागबाट सुरु भएको यो आँधी आगामी केही दिनमा पूर्वतिर सर्ने राष्ट्रिय मौसम सेवाले जनाएको छ।
मिसिसिपी र फ्लोरिडा लगायतका अमेरिकाका केही भागहरू बढी प्रभावित हुने चेतावनी दिइएको छ। आर्कटिक वरिपरि घुम्ने चिसो हावाको क्षेत्र ध्रुवीय कारण अत्यधिक चिसो बढेको मौसमविद्हरूले बताएका छन्।