राजधानीको सुकेधारामा पाँचतारे होटल मर्क्युर तयार

राजधानीको सुकेधारामा पाँचतारे होटल मर्क्युर तयार

काठमाडौं। राजधानीमा पाँचतारे हाेटल खुल्ने क्रम जारी छ। यसैक्रममा  राजधानीको सुकेधारामा १०४ कोठाको पाँचतारे होटल मर्क्युर खुलेकाे छ। देशबन्धु बस्नेत (अजित) को लगानीमा निर्माण भएको ११ तले उक्त होटलको आगामी माघ २ गते (१५ जनावरी २०२५ मा) औपचारिक सुभारम्भ गरिने भएकाे छ।

नेपालको पाँचतारे होटलमा भित्रिएको पहिलो फ्रान्सेली ब्राण्डको यो होटल निर्माण करिब ३ खर्ब रुपैयाँ खर्च भएको बतााइएकाे छ। फ्रान्सेली ब्राण्डको यो फरक होटल नेपालमा भित्र्याउनुले गुणस्तरीय पर्यटकीय सेवामा केन्द्रित भएको सन्देश दिएको छ।

हाेटलका सञ्चालक देश बन्धु बस्नेतले मर्क्युर काठमाडौं होटलका दूरदर्शी लक्ष्यका साथ सञ्चालनमा ल्याएका हुन्।  एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० वटा देशमा ५४ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको अक्कोर ग्रुप नेपाल भित्रिएको हो।

अक्कोर ग्रुपभित्र रहेको ४० भन्दा बढी ब्राण्डमध्ये नेपालमा भित्रिएको मर्क्युर एउटा होटल ब्राण्ड हो। स्थानीय कला संस्कृति र परम्पराको प्रभावलाई आधुनिक डिजाइन र सेवासँग जोडेर दिइने आतिथ्यताको सेवा नै यो होटलको विशेषता हो।

होटलले पूर्वाधारमात्रै नभएर सुकेधारको होटल परिसरमा हरियाली निर्माणसँगै सडक पूर्वाधारमा पनि योगदान गरेको छ। यो होटलले सार्वजनिक सेवासँगै ७० लाख रुपैयाँभन्दा बढी खर्चिएर १४० मिटर सडकसमेत निर्माण गरेको छ।


पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ११ तले छ । होटलको टफ फ्लोमा स्वीमिङ पुल, होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा छन्। होटलले हाल २२० जनालाई रोजगारी दिएको छ।

नेपालमा सेवा सुभारम्भ गरेको मर्क्युर होटलमा एउटा एक्जुकेटिभ स्वीट, ७ वटा जुनियर स्वीट, इन्टर कनेक्टिङका स्याण्डर्ड रुमसहितका सुविधासम्मन्न कोठाहरु छन्।