सर्वोच्चका शाखा अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता गराइदिन माग गर्दै निवेदन

सर्वोच्चका शाखा अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता गराइदिन माग गर्दै निवेदन

काठमाडौं। सर्वोच्च अदालतका एक कर्मचारीमाथि मुद्दा जिताइदिने भन्दै १० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाकी सुशीला निरौलाले ती कर्मचारीमाथि घुस लिएको आरोप लगाएकी हुन्।

निरौलाले सर्वोच्च अदालत र विभिन्न कर्मचारी संगठनलाई लेखेको पत्रमा आफ्नो स्वर्गीय श्रीमानको नाममा चलेको मुद्दा जिताइदिने र मुद्दा हारेमा पैसा फिर्ता दिने शर्तमा ती कर्मचारीलाई १० लाख दिएको उल्लेख गरेकी छन्।


‘मेरा पति स्व.श्री नारदप्रसाद गौतमको समेत मुद्दा सर्वोच्च अदालतमा कारवाही चलिरहेको अवस्थामा सो मुद्दा जिताई दिन्छु भनि त्यस सेवामा काम गर्ने पुष्कर थापा नाम गरेका एक जना कर्मचारीले म निवेदकबाट मार्फत अक्षरेपी दश लाख …..फिर्ता दिलाई पाउनको लागि फर्मको प्रतिलिपिहरु यसै साथ संलग्न राखि पठाएकी छु,’ उनले पत्रमा भनेकी छन्।

कर्मचारी युनियन, कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठनलगायतलाई पनि बोधार्थ दिएकी छन्।