पाेखरा। सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट सुरु भएको जाहेरीवालाको बयान आज सकिएको छ। हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजवाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले भोली पनि जारी रहनेछ।
आज जाहेरीवालाको तर्फवाट वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए।
जिल्ला अदालत कास्कीका अनुसार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ।
हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए।
सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि आजबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन्।