२०२४ मा पुष्पा २ र स्त्री २ ले बनाए सुपर डुपर हिटको रेकर्ड

२०२४ मा पुष्पा २ र स्त्री २ ले बनाए सुपर डुपर हिटको रेकर्ड

मुम्बई । भारतीय चलचित्र उधोगमा व्यबसायिक हिसावले यो वर्ष केही चलचित्रले अहिलेसम्मकै व्यबसायिक रेकर्ड तोडे । तथापि राम्रा व्यानरका धेरै चलचित्रहरु व्यबसायिक रुपमा पूर्ण असफल पनि भएका छन् । सन २०२४ले बिदा लिँदै गर्दा यो वर्षका ठुला र साना बजेटका सर्वाधिक सफल चलचित्रको चर्चा यहाँ गरिएको छ । राम्रा भनिएका तर व्यबसायिक रुपमा असफल भएका केही चलचित्रको पनि यहाँ चर्चा गरिएको छ ।

सन २०२४ मा बलिउडबाट निर्माण भएका चलचित्र मध्य सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको रेकर्ड स्त्री २ ले बनेको छ । राजकुमार राव, श्रद्धा कपुरलगायतको मुख्य भूमिका रहेको यो चलचित्रले भारतमा मात्र ६२७ करोडको व्यापार गरेको छ । यो चलचित्रले अहिलेसम्म बलिउडमा बनेको सबै चलचित्रको स्वदेशी व्यापारलाई पछि पारेको छ ।

दक्षिण भारतीय चलचित्र उधोगमा निर्माण भएका भारतीय चलचित्र मध्य सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको रेकर्ड पुष्पा २ द रुलले बनाएको छ । अल्लु अर्जुनको यो चलचित्रले भारतमा रिलिज भएको २१ दिनमा भारतमा मात्रै ११९०.८५ करोडको व्यापार गरिसकेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठुलो व्यापार हो ।

यो चलचित्र तेश्रो हप्ता पुरा भएर शुक्रबारबाट चौथो हप्तामा प्रवेश गर्दैछ । यो चलचित्रले भारतमा १३ करोड माथिको व्यापार गर्ने अनुमान गरिएको छ । हिन्दी तर्फ चलचित्र स्त्रीले राखेको रेकर्डलाई नयाँ चलचित्र पुष्पा २ ले यतिबेला तोडेको छ । पुष्पा २को हिन्दी संस्करणले रिलिज भएको २१ दिन बुधबारसम्म ७१६ करोड रुपैयाँको व्यापार गरेको छ ।

यसरी यतिबेला प्रदर्शन भईरहेको पुष्पा २ ले हिन्दी संस्करणमा करिब ८०० करोडको व्यापार गर्ने अनुमान वितरकको छ । यता दक्षिण भारतीय उधोगमा सन २०२४ को सुपर डुपर हिट चलचित्रको रेकर्ड पनि पुष्पा २ले राखेको छ । तर बलिउडको सुपर डुपर हिट चलचित्र भने स्त्री २ बनेको छ ।

यस्तै २०२४ को अर्को सुपर डुपर हिट चलचित्रको सुचीमा चलचित्र हनुमान परेको छ । ६ करोडमा निर्माण भएको यो चलचित्रले ५८ करोड रुपैयाँको व्यापार गरेको थियो । स्टार कास्ट नभएर पनि यो चलचित्रले भारतमा सर्वाधिक राम्रो व्यापार गरेको थियो ।

यस्तै त्यति धेरै चर्चा सुरुमा नभए पनि बक्स अफिस व्यापारमा तुफान ल्याएको अर्को भारतीय चलचित्र मुन्ज्या हो । यो चलचित्रमाले पनि लगानीको ८०० गुना बढी व्यापार गरेको थियो । मुन्ज्याले भारतीय बक्स अफिसमा १०८ करोड रुपैयाँको व्यापार गरेको थियो । करिब १५ करोडको लागतमा निर्माण भएको यो चलचित्रले १०८ करोडको व्यापार भारतमा गर्दा धेरैले अचम्म मानेका थिए ।

यस्तै यो वर्षको सुपरहिट भारतीय चलचित्रको सुचीमा कल्की २८९८ एडी परेको छ । यो चलचित्रले भारतीय बजारमा मात्र ७५५ करोड रुपैयाँको व्यापार गरेको छ । यसले हिन्दी संस्करणमा मात्रै ३२९ करोडको व्यापार गरेको थियो । यसरी चलचित्र कल्की पनि यो वर्षको सुपरहिट चलचित्र सावित भएको छ ।

यस्तै सन २०२४ को हिट चलचित्रको सुचीमा सैतान र आर्टिकल ३७० गरी दुई चलचित्र परेका छ । यी मध्य चलचित्र सैतानले १५१ करोड रुपैयाँ भारतमा कमाएको छ । यो ३६ करोडको बजेटमा बनेको चलचित्र थियो । यस्तै अर्को चलचित्र आर्टिकल ३७० जम्मा २० करोडमा बनेको चलचित्र थियो । यो चलचित्रले भारतमा मात्र ८४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन २०२४ मा निर्माण भएको केही राम्रा चलचित्रहरु व्यबसायिक रुपमा असफल भएका छन् । निकै राम्रो व्यापार गर्ने आसार गरिएको चलचित्र सिंघम रिर्टनले सोचेको जस्तो व्यापार बक्स अफिसमा गर्न सकेन । यो चलचित्रले भारतमा जम्मा २७४ करोड रुपैयाँको व्यापार भारतमा गरेको थियो । करिब ३०० करोडको लगातमा निर्माण भएको यो चलचित्रले बक्स अफिसमा यसपटक आफ्नो लगानी उठाउन सकेन ।

जबकी सिंघम अगेनसँगै रिलिज भएको चलचित्र भुल भुलैया ३ केही मुनाफा ग¥यो । यो चलचित्रले भारतीय बक्स अफिसमा २८१ करोड रुपैयाँको व्यापार गरेर केही नाफा कमाएको छ । तर हिट चैं यो चलचित्र पनि बन्न सकेन ।

सानो बजेटको चलचित्र विक्की विद्याको ओ वाला भिडियोले पनि केही नुमाफा कमाएको छ । यो चलचित्रले भारतीय बक्स अफिसमा ४४ करोडको व्यापार गरेको थियो । यो चलचित्र करिब १५ करोडको लागतमा निर्माण भएको हो ।

यस्तै सुपर हिटको आसा गरिएको देवरा, जिग्रा, भेडा, सरफिरा, इन्डियन २, चन्दु च्याम्पियन, इस्क विक्स रिबोन्डजस्ता थुप्रै चलचित्रहरु भारतीय बक्स अफिसमा असफल सावित भएका छन् ।

सन २०२४मा सलमान खान, शाहरुख खान, आमिर खान जस्ता सुपर स्टार कलाकारका चलचित्रहरु बक्स अफिसमा आउन सकेनन् । यसरी यो वर्ष भारतीय चलचित्र उधोगमा थोरै मात्र चलचित्रले राम्रो व्यापार गरेको छ । जबकी यो वर्ष बहुसँख्यक चलचित्र व्यबसायिक रुपमा असफल भएका छन् ।