काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय संगठन विभागमा सदस्यहरु मनोनयन गरेको छ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ताद्वय कमल प्रसाद पोखरेल (नवलपरासी) र हरिचन्द्र भट्टराई (ताप्लेजुङ) लाई मनोनयन गरेको हो।
त्यस्तै, केन्द्रीय संगठन विभागको सदस्यमा धर्म केसी (लम्जुङ), गोपाल घिमिरे (रुपन्देही) र डा.विमल तिवारी (सिराह) लाई मनोनयन गरिएको छ।
बैठकमा कार्यवाहक सभापति अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका थिए। सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरिएको थियो। रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आगामी पुस १९, २० र २१ गते बस्ने निर्णयसमेत भएको छ।
अर्यालले कार्यवाहकको जिम्मेवारी पाएपछि रास्वपाको यो पहिलो बैठक हो। यस बैठकलाई विशेष रुपमा हेरिएको थियो।
यस्ता छन् रास्वापा बैठकका निर्णय
१. बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गर्नुभयो। सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरियो।
२. केन्द्रीय विभाग तथा आयोगमा देहाय सदस्यहरु मनोनयन गर्ने निर्णय गरियो। (क) केन्द्रीय अनुशासन आयोग
अधिवक्ता श्री कमल प्रसाद पोखरेल, नवलपरासी
अधिवक्ता श्री हरिचन्द्र भट्टराई, ताप्लेजुङ
-ख) केन्द्रीय संगठन विभाग
श्री धर्म के.सी.,
लम्जुङ
श्री गोपाल घिमिरे, रुपन्देही
डा. विमल तिवारी, सिराह
३. पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९, २० र २१ गते बस्ने निर्णय गरियो।