काठमाडौं : राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न आज राष्ट्रिय सभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ। क्यान्सर रोगबाट पीडित उपाध्यायको गत शुक्रबार रुपन्देहीमा निधन भएको थियो।
प्रतिनिधिसभाको बैठकले गत शुक्रबार नै शोक प्रस्ताव पारित गरेको गरिसकेको छ। आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले उपाध्यायसँगै पहिलो संविधानसभाका सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारित गर्दै मौनधारण गरेपछि बैठक स्थगित हुनेछ । शोक प्रस्ताव रहेका कारण अरु कुनै पनि विषय बैठकको कार्यसूचीमा राखिएको छैन।