जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्पको धक्का

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा  आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गराएको थियो ।